Palpa Dainik
बुधबार, चैत्र १८, २०८२  |  April 1, 2026
×

जनकपुर । मधेश प्रदेशमा आजदेखि जय ट्रफी मेन्स एलाइट कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ । जनकपुरधाम र वीरगञ्जमा हुन लागेको जय ट्रफी कप वीरगञ्जको नारायणी क्रिकेट मैदान र जनकपुरधामको रामजानकी अन्तर्राष्ट्रिय क्रिकेट मैदान गरी दुई स्थानमा हुने भएको हो ।

‘जय ट्रफी मेन्स एलाइट कप’ नामकरण गरिएको प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेश प्रदेशको सहभागिता रहने आयोजकले जनाएको छ । सेतो जर्सी तथा रेड बलको प्रयोगमा खेलिने प्रतियोगिता माघ ३ गतेसम्म हुने भएको छ ।

सो प्रतियोगिताको नाम क्यान इलाइट कपबाट जय ट्रफी पुरुष इलाइट कप नामकरण गरिएको छ । संघका पूर्वअध्यक्ष स्व.जयकुमार नाथ साहको नाममा नामाकरण गरिएको छ । साहले क्रिकेट खेलको विकासमा लामो समयसम्म महत्वपूर्ण योगदान पुर्याएका थिए ।

नेपाल क्रिकेट संघका पूर्व पदाधिकारी एवं सदस्यको नाममा नामाकरण गर्दै नेपाली क्रिकेटको गर्विलो ईतिहास बोकेको यस ‘जय ट्रफी’ लाई नेपालको प्रिमियर बहुदिवसीय क्रिकेट प्रतियोगिताका रुपमा पुनस्र्थापना गरी भविष्यमा प्रथम श्रेणीको राष्ट्रिय क्रिकेट प्रतियोगिताका रुपमा रुपान्तरण गर्ने लक्ष्य रहेको नेपाल क्रिकेट संघका केन्द्रीय उपाध्यक्ष रोशन सिंहले जानकारी दिए ।

सम्बन्धित समाचार