पाल्पा-पाल्पाको माथागढी गाउँपालिका–७ रहवासमा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार साँझ करिब ६:०० बजेतिर झडेवा–रहवास भित्री कच्ची सडक खण्डमा झडेवाबाट रहवास चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५नम्बरको खाली टिपर करिब ५० मिटर तल खस्दा दुर्घटना भएको हो।
दुर्घटनामा चालक अर्घाखाँची सितगंगा नगरपालिका–४ सिठारा बस्ने वर्ष २६ का चिन्ता बहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ।
अन्य २ जनाको नामथर र ठेगाना भने हालसम्म खुल्न सकेको छैन। दुर्घटनामा घाइते भएका पाल्पा तानसेन नगरपालिका–१० पटुवा बस्ने वर्ष ३३ का राजन चिदीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घाइतेलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लगिएको थियो जहाँ उपचारका क्रममा ३ जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए।























