Palpa Dainik
बुधबार, चैत्र १८, २०८२  |  April 1, 2026
×

पाल्पा- लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) भूपेन्द्र बहादुर खत्रीले जिल्ला प्रहरी कार्यालय पाल्पाको औपचारिक निरीक्षण भ्रमण गर्नुभएको छ । मंगलबार कार्यालय आइपुग्नुभएका डीआईजी खत्रीलाई पाल्पाका प्रहरी प्रमुख तथा अन्य प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए ।

निरीक्षणका क्रममा उहाँले जिल्ला प्रहरी कार्यालयको भवन, हिरासत कक्ष, नागरिक सहायता कक्ष, मेस तथा प्रशासन शाखाको अवलोकन गर्नुभएको थियो । निरीक्षण पश्चात् आयोजित विशेष समारोहमा उहाँले जिल्ला प्रहरी कार्यालय पाल्पा र मातहतका कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई समसामयिक सुरक्षा चुनौती र प्रहरी आचरणका विषयमा महत्वपूर्ण निर्देशन दिनुभयो ।

सम्बन्धित समाचार