छहरा-रैनादेवी छहरा गाउँपालिकाको १९औँ अधिवेशनको दोस्रो बैठक बिहीबार गाउँपालिकाको कार्यालयस्थित सभा कक्षमा भव्यताका साथ सम्पन्न भएको छ। यस बैठकसँगै गाउँपालिकाको १९औँ अधिवेशन औपचारिक रूपमा अन्त्य भएको घोषणा गरिएको छ।
अधिवेशनको प्रमुख उपलब्धिका रूपमा अघिल्लो बैठकमा पेश भएका दुई महत्वपूर्ण विधेयकहरूलाई यस बैठकले सर्वसम्मतिबाट पारित गरेको छ
दलित सशक्तिकरण तथा विकास विधेयकले दलित समुदायको उत्थान, अधिकार संरक्षण र विकास प्रक्रियामा उनीहरूको समान सहभागिता सुनिश्चित गर्ने उद्देश्यले यो विधेयक पारित गरिएको हो।
आर्थिक कार्यविधि एवं वित्तीय उत्तरदायित्व विधेयकले गाउँपालिकाको आर्थिक प्रणालीलाई थप पारदर्शी, व्यवस्थित र उत्तरदायी बनाउन यो ऐनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
गाउँपालिका अध्यक्ष रुकमांगत भट्टराईले अधिवेशन समापनका क्रममा गाउँपालिकाका प्रतिनिधिहरूले पारित विधेयकहरूले स्थानीय शासन र सामाजिक न्यायमा नयाँ इँटा थप्ने धारणा व्यक्त गरे।
























