Palpa Dainik
शनिबार, जेठ ०९, २०८३  |  May 23, 2026
×

पाल्पा- रैनादेवी छहरा गाउँपालिका–३ बल्घास्थित बालबिनोद आधारभूत विद्यालयले आफ्नो ५० औं वार्षिकोत्सव, अर्थात् स्वर्ण महोत्सव, विशेष कार्यक्रमसहित मनाउने भएको छ। विद्यालयले बैशाख १० गतेदेखि १५ गतेसम्म विविध सांस्कृतिक, शैक्षिक र सामाजिक कार्यक्रम गरी स्वर्ण महोत्सव मनाउने तयारी पूरा गरेको छ।

विद्यालय प्रशासनले “गुणस्तरीय शिक्षा सहितको सुन्दर बल्घा” भन्ने नारासहित प्रचारप्रसार गर्दै महोत्सवलाई ऐतिहासिक बनाउन तयारी गरेको जानकारी दिएको छ। महोत्सवको उद्घाटन रैनादेवी गाउँपालिका अध्यक्ष रुकमाङ्गत भट्टराईले गर्नेछन्। उनले उद्घाटन समारोहमै स्वर्ण स्तम्भ र स्मारकको अनावरण गर्नेछन् ।

विद्यालयका प्रधानाध्यापक राधादेवी पाण्डेका अनुसार, महोत्सव भव्य बनाउन १ हजार ५०० सदस्यीय मूल समारोह समिति गठन गरिएको छ। समारोह समितिका अध्यक्ष पुरुषोत्तम पोखरेलले छ दिनसम्म चल्ने महोत्सवमा दैनिक फरक(फरक कार्यक्रम समावेश गरिएको जानकारी दिए।

बैशाख १० गते विद्यालय तथा वरपर सरसफाइ कार्यक्रम, बैशाख ११ गते बौद्धिक कार्यक्रम, बैशाख १२ गते आधारभूत तहका वडास्तरीय हाजिरीजवाफ प्रतियोगिता ,बैशाख १३ गते शिक्षक–अभिभावकबीच मैत्रीपूर्ण खेलकुद, बैशाख १४ गते पूर्वविद्यार्थी तथा पूर्वशिक्षक पुनर्मिलन, पुरस्कार वितरण र सरसफाइ, बैशाख १५ गते सरस्वती पूजा, स्वर्ण स्तम्भ अनावरण, स्वर्ण स्मारिका विमोचन, सम्मान कार्यक्रम, भजन तथा सोरठी नाचको प्रस्तुतिरहने छ ।

सम्बन्धित समाचार