पाल्पा-रिब्दीकोट गाउँपालिका–५ स्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको जलेश्वर मन्दिर धाम क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटक तथा भक्तजनहरूको चहलपहल उल्लेख्य रूपमा बढेको छ। हालै सञ्चालन गरिएको महायज्ञपछि यस क्षेत्रको धार्मिक पर्यटकीय आकर्षण थप बढेको हो । महायज्ञ सञ्चालन पछि झण्डै १० हजार भक्तजनहरु मन्दिरमा दर्शन गरेको आयोजकले जनाएका छन् ।
अहिले दैनिक २० देखि २५ जनासम्म मानिसहरु मन्दिर क्षेत्रमा आउने गरेका छन् । विशेष गरी रिब्दीकोट गाउँपालिका, रैनादेवी छहरा, तिनाउ गाउँपालिका तथा तानसेन नगरपालिका क्षेत्र मानिसहरु मन्दिर परिसरमा बढी मात्र आउँने गरेको जलेश्वर धाम मन्दिर व्यवस्थापन समितिका संयोजक प्रमुख कुँवरले जानकारी दिनुभएको छ । चाडपर्व बेला सयौँ संख्यामा भक्तजनहरुको आगमन हुने गरेको छ ।
पाल्पासँगै रुपन्देही, नवलपरासी, कपिलबस्तु, अर्घाखाँची, गुल्मी, पर्वत, स्याङजा, तनहु, प्युठान जिल्ला तथा काठमाडौँबाट मानिसहरु आउने गरेका छ । टाढा आउने पर्यटकहरु सेनकालिन राज्यको उद्गस्थलको अध्ययन गर्नका लागि यहाँ आउने गरेको अर्थ संयोजक कुवँरले बताउनुभयो ।
जलेश्वर क्षेत्र सेनकाली राजाहरुको राजधानी हो । त्यसैले यस क्षेत्र ऐतिहासिक महत्व बोकेको धार्मिक तथा पर्यटकीय क्षेत्र पनि हो । योगी सन्तका लागि तपोभूमि समेत उपयुक्त मानिन्छ । बाला पुरी स्वामीले चिम्टा गाडेर पानी निकालेको दृश्य मानिसहरुका लागि अनौठो लाग्छ । त्यसैले पनि यहाँ मानिसहरु घुमफिर गर्न मन्दिर क्षेत्रमा आउने गरेको जलेश्वर धाम मन्दिर व्यस्थापन समितिका उपाध्यक्ष सम्वर विश्वकर्माले पाल्पा दैनिकलाई बताउनुभयो । जलेश्वर मन्दिरमा विकुल फुकेपछि भैरवमन्दिर मात्र मन्दिर पुजा गर्ने र रोट काट्न सुरु हुने प्रचलन छ ।
महायज्ञपछि समितिले माली २ जना, १ जना पुजारी र १ जना पुरोहितको व्यवस्था गरेको छ । मालीलाई मासिक २५ हजार, पुजारीलाई १० हजार र पुरोहितलाई १५ हजार रुपमा पारिश्रमिकका रुपमा समितिले उपलब्ध गराएको छ । यसले मन्दिर संरक्षण तथा मन्दिरमा दैनिक रुपमा पुजाआज गर्न सहयोग पुगेको छ ।
मन्दिर परिसरमा पर्यटक आकर्षण गर्ने उद्देश्यले सौन्दर्यकरण पनि समितिले ध्यान दिएको छ । अहिले मन्दिर परिसरमा ३ सय भन्दा बढी फुलका विरुवाहरु रोपण कार्य सम्पन्न गरिएको आर्थिक समितिका संयोजक प्रमुख कुवरले जानकारी दिनुभयो । यसले मन्दिर आउने भक्तजनहरुलाई यस क्षेत्रको सौन्दर्यकरण लालयित बनाउने छ । पटक पटक जलेश्वर मन्दिर क्षेत्रमा आउने बनाउनेछ ।
जलेश्वर मन्दिरको प्रचारप्रसारको काम तीव्र गतिमा भएको छ । यस क्षेत्रलाई प्रचारप्रसार गरी पर्यटकीय गन्तव्य विकास गर्न भौतिक संरचरण प्रचारप्रसार पनि व्यापक रुपमा भइरहेको छ । आगामी वर्षहरुमा यस क्षेत्रमा पर्यटक चहलपहल ल्याउन पाल्पाको सिद्धबाबा क्षेत्र, डुम्रे, प्रवास, तानसेनको बतासेडाडा, भैरव मन्दिर, हार्थोक बजार, सिर्जना फार्म, देउराली चोक, कुसुम खोला तथा बुटवल, पाणनीमा होडिग बोर्ड राखिएको छ ।
























