Palpa Dainik
मंगलबार, जेठ १२, २०८३  |  May 26, 2026
×

पाल्पा – बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा एक युवतीमाथि गोली प्रहार भएको छ। रैनादेवी छहरा घर भई हाल बुटवल बुद्धनगरमा बस्दै आएकी टिका बिष्ट क्षेत्रीमाथि गोली प्रहार भएको ईलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ।

प्रहरीका अनुसार बिष्टको कम्मर माथि गोली लागेको छ र तत्काल उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी इन्द्र बहादुर रानाका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ।

घटनाको सन्दर्भमा केही दिनअघि बिष्ट र एक भारतीय युवकबीच विवाद भएको जनाइएको छ। स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार सोही भारतीय युवकले गोली प्रहार गरेको हुन सक्ने आशंका गरिएको छ। यद्यपि प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान र खोजी कार्य तीव्र रूपमा अघि बढाएको छ।

सम्बन्धित समाचार