Palpa Dainik
शुक्रबार, चैत्र २०, २०८२  |  April 3, 2026
×

पाल्पा-युवा कम्युनिस्ट लिग, नेपाल (वाइसियल) जिल्ला समिति, पाल्पाले देशमा रासायनिक मलको अभाव, कालाबजारी र भ्रष्टाचारका विरुद्ध सशक्त आन्दोलनको चेतावनी दिएको छ।

वाइसियलले पाल्पाले प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा मल उत्पादनमा आत्मनिर्भर हुन नसक्दा रासायनिक मलको चरम अभावले किसानहरू गम्भीर समस्यामा परेको उल्लेख गरेको छ।

ज्ञापनपत्रमा भनिएको छ, “विगतका वर्षहरूमा समेत रासायनिक मलको चरम अभावका कारण किसानहरूले ठूलो नोक्सानी व्यहोर्नु परेको छ । सरकारले पटक पटकको आश्वासनपछि पनि मल आपूर्ति सहज र सरल हुन सकेन ।” वाइसियलले यस्तो अवस्था योजनाबद्ध रूपमा सिर्जना गरिएको र यसले कृषि क्षेत्रमा प्रत्यक्ष प्रभावित पारेको आरोप लगाएको छ ।

वाइसियलले रासायनिक मलको अभावलाई राष्ट्रिय आत्मनिर्भरता र खाद्य सुरक्षामाथिको चुनौतीको रूपमा लिएको छ । कृषि प्रधान देशमा बालीका लागि आवश्यक पर्ने रासायनिक मलको अभाव लामो समयदेखि रहेको र सरकारले यसको दीर्घकालीन समाधान खोज्न नसकेको वाइसियल पाल्पाका अध्यक्ष कमल श्रेष्ठले बताए ।

सम्बन्धित समाचार