पाल्पा-रिब्दीकोट गाउँपालिकाको आयोजनामा पालिकाभित्रका महिला स्वास्थ्य स्वयंसेविकाका लागि एचपिभी (HPV) खोप सम्बन्धी एक दिवसीय अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष श्री नारायण बहादुर कार्की ज्यूको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
अभिमुखिकरण कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख श्री सुनिल अधिकारी ज्यूले गर्नुभएको थियो। कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख अधिकारीले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोपको महत्त्व र प्रभावकारिताका बारेमा जानकारी गराउनुभएको थियो।
स्वस्थ जीवनका लागि खोपको भूमिका अत्यन्तै महत्वपूर्ण रहने कुरामा जोड दिँदै, सम्बन्धित वडाका स्वयंसेविका हरूले उपयुक्त उमेर समूहका विद्यार्थीहरूलाई नछुटाई खोप लगाउन र खोप अभियानलाई सफलतापूर्वक सम्पन्न गर्न अध्यक्ष कार्कीले आह्वान गर्नुभयो।
























