Palpa Dainik
बुधबार, साउन १३, २०८३  |  July 29, 2026
×

पाल्पा-पूर्वखोला गाउँपालिका–१ तामाखानीमा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ।

बुधबार बिहान करिब ११:३० बजेको समयमा लुम्बिनी प्रदेश ०१-००५ प ४०४१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकबाट करिब २० देखि २५ मिटर तल खसेको थियो।

उक्त दुर्घटनामा परी मोटरसाइकल चालक पूर्वखोला गाउँपालिका–१ सामुङ्गा निवासी अन्दाजी २८ वर्षीय दिमस सारुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सडकबाट मोटरसाइकल अनियन्त्रित भई तल खसेको खबर पाउनासाथ प्रहरी चौकी जब्गादीका प्रहरी सहायक निरीक्षकको नेतृत्वमा र इलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली तुरुन्त घटनास्थलमा पुगेको थियो। प्रहरीले उद्धार कार्य गरेको थियो।

सम्बन्धित समाचार