Palpa Dainik
आइतबार, साउन १७, २०८३  |  August 2, 2026
×

तानसेन। तानसेनबाट नगदसहित नौं जना जुुवाडे पक्राउ परेका छन् । तानसेन नगरपालिका–६ भिमसेन टोलका ४९ वर्षीय शैलेन्द्र (अनन्त) बहादुर थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा थापासहित ९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा तानसेन –६ का ५२ वर्षीय नारायण कुंवर, ३२ वर्षीय सन्तोष रुचाल, ३० वर्षीय सुुमन मर्साङ्गी, ३५ वर्षीय दिपेन्द्र थापा, २४ वर्षीय रक्कीमान बज्राचार्य, ३० वर्षीय किरण सूर्यवंशी, ३० वर्षीय गणेश आचार्य र ३० वर्षीय सुजन शाक्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भिसेनटोलको एक घरमा जुवा खेलाइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट नगद २९ हजार १ सय २५ र १ सय ६३ थान तास समेत नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार