Palpa Dainik
मंगलबार, जेठ १२, २०८३  |  May 26, 2026
×

पाल्पा-रिब्दीकोट गाउँपालिकामा सोमबारदेखि सञ्चालन भएको एचपिभी खोप अभियानको पहिलो दिन नै ३ सय ३ जना किशोरीहरूले खोप लगाएका छन्। खोप अभियानको शुभारम्भ गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले स्वास्थ्यकर्मीहरूलाई भ्याक्सिन केरियर हस्तान्तरण गरी गरेका थिए।

अध्यक्ष कार्कीले खोप अभियानलाई सफल बनाउन सबै पक्षलाई आग्रह गर्दै किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट सुरक्षित राख्न यो खोप आवश्यक रहेको बताए। उनले भविष्यका कर्णधारका रूपमा रहेका किशोरीहरूलाई घातक रोगबाट जोगाउन समुदायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनालका अनुसार पहिलो दिन नै किशोरीहरूको उत्साहजनक सहभागिता देखिएको छ। खोप प्रभावकारी भएकाले किशोरीहरू स्वस्फूर्त रूपमा अभियानमा सहभागी भएको उनको भनाइ छ।

स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीका अनुसार पहिलो दिन पालिकाका ८ वडामा खोप दिइएको छ।

  • वडा नं १ ख्याहा: १२ जना
  • वडा नं २ देउराली: ४४ जना
  • वडा नं ३ खस्यौली: ३० जना
  • वडा नं ४ भैरवस्थान: ५३ जना
  • वडा नं ५ कुसुमखोला: ३१ जना
  • वडा नं ६ ठिमुरे: ५३ जना
  • वडा नं ७ पालुङ: २८ जना
  • वडा नं ८ फेक: ५३ जना

स्वास्थ्य शाखा प्रमुख अधिकारीले खोप लगाएका किशोरीहरूमा कुनै समस्या नदेखिएको जानकारी गराए। अभियान फागुन १ गतेसम्म सञ्चालन हुने छ र यस अवधिमा कुल ६६१ जना किशोरीलाई खोप दिने लक्ष्य रहेको छ।

सम्बन्धित समाचार