Palpa Dainik
बुधबार, साउन १३, २०८३  |  July 29, 2026
×

छहरा-रैनादेवी छहरा गाउँपालिका(४ स्थित भैरब नवदीप नमुना माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ९ का विद्यार्थीहरूले एईई परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई विदाई गरेका छन्।

विदाई कार्यक्रम कक्षा ९ का विद्यार्थी विपिन पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो। सो अवसरमा विद्यालयका प्रधानाध्यापक झलक रायमाझीले परीक्षार्थीहरूलाई मेहनतका साथ अध्ययन गर्न प्रेरित गर्दै उनीहरूको शैक्षिक प्रगति सुनिश्चित गर्न निरन्तर प्रयासरत रहन आग्रह गरे।

कार्यक्रमको प्रारम्भमा कक्षा ९ की शुशिल खत्रीको स्वागत मन्तव्यबाट भएको थियो भने सञ्चालन कुसुम कोइरालाले गरेकी हुन । कक्षा ९ का विद्यार्थीहरूले विदाई हुन लागेका परीक्षार्थीहरूलाई फूलमाला र अविर लगाएर शुभकामना दिएका थिए।

विदाई कार्यक्रममा परीक्षार्थीहरूले विद्यालयलाई जहाँ गए पनि माया गर्ने प्रतिबद्धता जनाएका थिए। कार्यक्रम आपसी शुभकामना आदान(प्रदान गर्दै सफलतापूर्वक सम्पन्न भएको छ।

सम्बन्धित समाचार