Palpa Dainik
बुधबार, जेठ १३, २०८३  |  May 27, 2026
×

पाल्पा-प्रेस चौतारी नेपाल, पाल्पा शाखाको चौथो वार्षिक साधारण सभा सराइँमा शनिबार सम्पन्न भएको छ।

साधारण सभालाई प्रेस चौतारी नेपालका केन्द्रिय अर्थ सचिव प्रदिप आचार्यले सम्बोधन गर्दै परम्परागत पत्रकारिता पेशा दिनहुँ  संकटमा पर्दै गएकोले समय परिस्थिती अनुसार पत्रकारहरु डिजिटल प्रविधीमा रुपान्तरण हुनुपर्ने बताए ।
नेकपा एमाले पाल्पा इन्चार्ज एवं पाल्पा क्षेत्र नं. २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार ठाकुर प्रसाद गैरेले  देश संविधान बाहिरबाट चलेकोले मुलकलाई संविधानको दायरामा ल्याउन र मुलुकलाई जोगाउन जनताले एमालेका उम्मेदवारहरुलाई विजयी बनाउनु पर्ने बताए ।   नेकपा एमाले केन्द्रीय सदस्य सरस्वती चिदीले  पत्रकारहरुले सत्य तथ्य र निष्पक्ष भएर समाचार लेख्नुपर्ने बताईन् । पेशाबाट पहिचान बनाएका पत्रकारहरुले आचारसंहितामा रहेर काम गरेमा समाजमा परिवर्तन ल्याउन ठूलो सहयोग हुनेमा उनले जोड दिईन । लुम्बिनी प्रदेशसभा सदस्य एवं अर्थ उद्योग पर्यटन समितिका सभापती राजु प्रसाद श्रेष्ठले अहिले सामाजिक सञ्जालबाट मित्थ्या समाचारको बाढी नै आएकाले जनतालाई सहि र गतल छुट्टाउन कठिन भएको बताए । पत्रकार तथा पत्रकारिता गर्ने संस्थाहरुले मित्थ्या भ्रामक समाचारलाई चिर्न पहल गर्नुपर्नेमा उनले जोड दिए ।

साधारणसभा तथा डिजिटल पत्रकारिता तालिममा  नेकपा एमालेका उपाध्यक्ष विमल काफ्ले,  जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदी, प्रेस चौतारी नेपालका लुम्बिनी प्रदेश इन्चार्ज टिकाबहादुर बस्नेत, पाल्पा इन्चार्ज मिलन विश्वकर्मा, एमाले चौतारी फाँट ईन्चाज राजेश कुमार अर्याल, प्रदेश सचिव कृष्ण पोखरेल, माथागढी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष तेजबहादुर घर्ति, माथागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठ, प्रेस चौतारीका सचिवालय सदस्य गोविन्द भट्टराई, पुर्व जिल्ला अध्यक्ष भगवान भण्डारी, निवर्तमान अध्यक्ष राजेन्द्र लिगल, पाल्पा व्यापार संघका अध्यक्ष बिष्णु कार्की, अक्षयकोषदाता तुल बहादुर अधिकारी लगायतले पत्रकारिता क्षेत्रमा प्रेस चौतारीले खेलेको भुमिका तथा डिजिटल पत्रकारिताको अवस्था बारे चर्चा गरे ।

साधारण सभामा सह सचिव विजय बौडेलले चौतारीका सदस्यहरुको हकहितको लागि स्थापित चौतारी कल्याणकोष मस्यौदा प्रतिवेदन प्रस्तुत गरे । कल्याण कोषमा आवद्ध चौतारीकर्मीको लागि आमा, बाबा, श्रीमान, श्रीमती र छोरा छोरीको मृत्यु २० हजारसम्म घाट खर्च सहयोग गर्ने, चौतारीकर्मीलाई १ महिनासम्म आपतकालिन विना व्याज १ लाखसम्म ऋण सहयोग गर्ने, दिर्घरोग लागेमा आवश्यक सहयोग गर्ने र प्रविधी उपकरणको लागि व्याज अनुदानमा ऋण सहयोग गर्ने मस्यौदामा उल्लेख गरिएको छ । साधारणसभामा सचिव दयाराज न्यौपानेले सांगठनिक र कोषाध्यक्ष नेत्र गैरेले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
तालिममा पत्रकारिताको क्षेत्रमा एआई विज्ञ तथा गोरखापत्रका उपसम्पादक अजय शर्माले एआईले पत्रकारिता क्षेत्रमा पु¥याएको सहयोगको बारेमा व्यबहारिक  अभ्यास गराई सहजीकरण गरेका थिए । प्रेस चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्कीको अध्यक्षता, उपाध्यक्ष शोवाकान्त पाठकको स्वागत, सचिव दयाराज न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

सम्बन्धित समाचार