Palpa Dainik
आइतबार, जेठ १०, २०८३  |  May 24, 2026
×

पाल्पा – माथागढी गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त पालिका बनाउने अभियान अन्तर्गत पालिकास्तरीय नीतिगत अभिमुखीकरण कार्यक्रम सुरू भएकाे छ ।
बालमैत्री स्थानीय शासनकाे नीतिगत, प्रक्रियागत, कार्य अबलम्वन गर्न र बालमैत्री पालिका घाेषणा गर्न सराेकारवाला सङ्घसंस्थाका प्रमुख, प्रतिनिधिहरूलाई अभिमुखीकरण गरिएकाे हाे ।
अभिमुखीकरण कार्यक्रममा माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले दीगाे विकासकाे लक्ष्य हासिल गर्न पालिका बालमैत्री शासनयुक्त पालिका बनाउन आवश्यक रहेकाेमा जाेड दिनुभयाे । उहाँले बालमैत्री शासनका सूचकहरू पूरा गर्दै पालिकालाई बालमैत्री पालिका घाेषणा गर्न सबैकाे याेगदान र भूमिका आवश्यक रहेकाे उल्लेख गर्नुभयाे ।
पालिकाकी उपाध्यक्ष विष्णुमाया लुङ्चेले पालिकाले बालबालिकाकाे क्षेत्रमा गरेकाे लगानी भविष्यमा उपलब्धिमुलक हुने विस्वास व्यक्त गर्नुभयाे । उहाँले बालमैत्री शासनयुक्त पालिका बनाउन सराेकारवाला र आम माथागढीबासी जिम्मेवार हुनुपर्ने बताउनुभयाे ।
यस्तै पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले समाज, गाउँघर, विद्यालय हुँदै पालिकालाई बालमैत्री बनाउने अभियानमा सक्रिय हुन सबैलाई आग्रह गर्नुभयाे । उहाँले भन्नुभयाे, “हाम्रा सन्तति अनुशासित र कर्तव्यनिष्ट खाेजिरहेका छाैँ, त्यसका लागि सबैले गम्भीरतापूर्वक बालमैत्री शासनयुक्त पालिका बनाउन भूमिका निर्वाह गर्नु आवश्यक छ ।”
अभिमुखीकरणमा बालमैत्री स्थानीय शासन विज्ञ विष्णुप्रसाद चतुर्वेदी सहजीकरण गर्नुभएकाे थियाे । माथागढी गाउँपालिकाले बालमैत्री पालिकाका लागि पहिलाे चरणकाे काम सुरू गरेकाे शिक्षा शाखा प्रमुख प्रकाश पाठकले जानकारी दिनुभयाे ।
सम्बन्धित समाचार