Palpa Dainik
शुक्रबार, जेठ ०८, २०८३  |  May 22, 2026
×

पाल्पा-रैनादेवी छहरा गाउँपालिका–५ स्थित कालिका माध्यमिक विद्यालयको ६० औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि हुमानसिंह कार्की र विशिष्ट अतिथि तेज बहादुर कुमालले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा अक्षयकोषदाता र समुदायको भूमिका महत्वपूर्ण रहने चर्चा गर्नुभयो।

कार्यक्रममा कर्ण बहादुर सर्तुङ्गे, नारायण कार्की र रामकृष्ण कार्कीले समेत शुभकामना मन्तव्य राख्नुभएको थियो। मार्च पास र विभिन्न सांस्कृतिक प्रस्तुतिहरूले थप रोचक बनेको उक्त कार्यक्रमको सञ्चालन शिक्षक पोषण रानाले गर्नुभएको थियो भने अध्यक्ष जुद्ध बहादुर कार्कीले सबै सहयोगी हातहरूलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नुभएको थियो।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जुद्ध बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको छ।

समारोहमा विद्यालयका प्रधानाध्यापक नरेन्द्र थापाले विद्यालयको प्रगति विवरण र आगामी कार्ययोजना सहितको वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो। विद्यालयमा रहेका कुल ५३ वटा अक्षयकोषमध्ये कार्यक्रममा १७ वटा कोषका प्रतिनिधि तथा संस्थापकहरूको उपस्थिति रहेको थियो।

सोही अवसरमा अक्षयकोषका तर्फबाट १०० जना विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको थियो भने सिभिल इन्जिनियरिङ विधा तर्फ २०७९ ब्याचकी सेमेस्टर टपर बुद्ध कुमारी थापा र २०८० ब्याचकी सेमेस्टर टपर मनिषा खाम्चालाई विशेष सम्मान गरियो। यसैगरी सक्रिय अभिभावकहरू कर्ण बहादुर सर्तुङ्गे र चित्रा गुरुङ, शिक्षकहरू कृष्ण प्रसाद पराजुली, डासुराम पोखरेल, गोमा बुढाथोकी, मानसिंह कुवर, गणेश बहादुर खत्री, गीता कार्की, लेखापाल शोभा कार्की र कार्यालय सहयोगी हेम कुमारी अर्घालीलाई पनि सम्मान गरिएको थियो।

विद्यालयले सिभिल इन्जिनियरिङका पूर्व सहायक कोर्डिनेटर इन्जिनियर विनोद लम्तरी र पूर्व लेखापाल राम बहादुर पौडेललाई बिदाइ तथा सम्मान गर्नुका साथै भवन निर्माणमा आर्थिक सहयोग गर्ने शिक्षक मानसिंह कुवर, बाल सहजकर्ता सुमित्रा कार्की र लेखापाल शोभा कार्कीलाई समेत सम्मान गरेको थियो।

सम्बन्धित समाचार