Palpa Dainik
शुक्रबार, जेठ ०८, २०८३  |  May 22, 2026
×

पाल्पा- नेपाली कम्युनिस्ट पार्टीले आफ्नो साङ्गठनिक संरचनालाई पूर्णता दिने क्रममा लुम्बिनी प्रदेशको नेतृत्व टुंगो लगाएको छ। पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको हालै सम्पन्न बैठकले लुम्बिनी प्रदेश इञ्चार्जको महत्त्वपूर्ण जिम्मेवारी नेता चक्रपाणि खनाललाई सुम्पने निर्णय गरेको हो।

लामो राजनीतिक अनुभव भएका खनाललाई प्रदेशको समग्र राजनीतिक र साङ्गठनिक कमाण्ड सम्हाल्ने गरी इञ्चार्ज तोकिएको हो। यसैगरी, प्रदेशको सांगठनिक गतिविधिलाई चलायमान बनाउन र समन्वयकारी भूमिका निर्वाह गर्न लुम्बिनी प्रदेश संयोजकको जिम्मेवारी अब्दुल हुसेन खानलाई दिइएको छ।

लुम्बिनी प्रदेशमा पार्टीको पकड बलियो बनाउन र आगामी राजनीतिक कार्यदिशा सफल पार्न खनाल र खानको यो जोडीले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। पार्टीले लुम्बिनीसहित सातै भौगोलिक र दुई गैरभौगोलिक प्रदेशमा नेतृत्व चयन गरी संगठन परिचालनलाई तीव्रता दिएको छ। इञ्चार्ज खनाल र संयोजक खानको नेतृत्वमा अब प्रदेश समितिले आफ्ना गतिविधिहरूलाई अगाडि बढाउनेछ।

यी हुन् प्रदेश इञ्चार्जहरू                                                                                                                              

  • कोशी प्रदेश : राजेन्द्र राई
  • मधेश प्रदेश : महिन्द्र राय यादव
  • बागमती प्रदेश : डा. गंगालाल तुलाधर
  • गण्डकी प्रदेश : श्रीनाथ बराल
  • लुम्बिनी प्रदेश : चक्रपाणि खनाल
  • कर्णाली प्रदेश : चन्द्रबहादुर शाही
  • सुदूरपश्चिम प्रदेश : डा. भीम रावल
  • उपत्यका विशेष प्रदेश : हितमान शाक्य
  • सम्पर्क समन्वय प्रदेश : यशोदा सुवेदी

    यी हुन् प्रदेश संयोजकहरू

    • कोशी प्रदेश : हर्क नेम्वाङ
    • मधेश प्रदेश : राजु खड्का
    • बागमती प्रदेश : सरल सहयात्री
    • गण्डकी प्रदेश : गायत्री गुरुङ
    • लुम्बिनी प्रदेश : अब्दुल हुसेन खान
    • कर्णाली प्रदेश : बिमला केसी
    • सुदूरपश्चिम प्रदेश : हरिराम चौधरी
    • उपत्यका विशेष प्रदेश : विष्णु लामिछाने
    • सम्पर्क समन्वय प्रदेश : तारानाथ दाहाल
सम्बन्धित समाचार