पाल्पा-राष्ट्रिय स्वतन्त्र पार्टी तानसेन नगर सभापतिमा जीवन पाण्डेय निर्वाचित हुनुभएको छ । आज सम्पन्न रास्पा तानसेन नगर कमिटिको अधिवेशनबाट पाण्डेयको नेतृत्वमा नयाँ कार्यकमिटि गठन भएको हो ।
अधिवेशनबाट उपसभापतिमा कलावती दाहाल, सचिवमा विष्णु पौडेल र सह–सचिवमा यम बहादुर थापा रेग्मी चयन हुनुभएको हो । समितिको सदस्यहरूमा पद्मा भट्टराई श्रेष्ठ, शेषकान्त रेग्मी, सुमन कार्की क्षेत्री, शोकि श्रेष्ठ, सरस्वती पाण्डे, मनकला भट्टराई र शोभा सुनारलाई जिम्मेवारी दिइएको हो ।
रास्पा तानसेन नगरबाट केन्द्रीय, प्रादेशिक र जिल्ला तहमा प्रतिनिधित्व गर्ने प्रतिनिधिहरूको पनि नाम टुङ्गो लगाइएको छ । जसअन्तर्गत महाधिवेशन प्रतिनिधिको रूपमा विदुर घिमिरे र भिम बहादुर कुमाल चुनिनुभएको हो । प्रदेश प्रतिनिधिमा रविन्द्र आचार्य र दशरथ पाण्डे चुनिनुभएको छ । यसैगरी जिल्ला प्रतिनिधिको रूपमा मान बहादुर थापा, डिल्लीराज सापकोटा र जनक नेपाल सर्वसम्मत चयन हुनुभएको रास्पाले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रतिनिधिसभा सदस्य मन्जु भुषालले पाल्पाको समग्र विकासका लागि केन्द्रबाट आवश्यक बजेको कमी हुन नदिन आफ्नो तर्फबाट निरन्तर पहलकदमी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । पाल्पाको विकास निर्माण र जनसरोकारका मुद्धाहरूलाई सरकारको प्राथमिकतामा पार्न आफू लागि परेको उहाँले बताउँनुभयो । अधिवेशनमा रास्पाका जिल्ला स्तरीय नेताहरुको सहभागिता रहेको थियो ।























