पाल्पा-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाल्पाको प्रथम जिल्ला अधिवेशनबाट जिल्ला कार्यसमितिको सभापति पदमा विष्णु प्रसाद भण्डारी सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ।

अधिवेशनले जिल्ला कार्यसमितिको उपसभापतिमा सोम प्रसाद गैरे, सचिवमा हरि प्रसाद न्यौपाने र सहसचिवमा दिलिप घिमिरेलाई चयन गरेको छ। त्यसैगरी समावेशी सदस्यहरूमा महिलातर्फ दुर्गा कुमारी मल्ल, सदस्य दलिततर्फ अमवता नेपाली, समावेशी सदस्यहरुमा दिपेन्द्र गाहा र प्रेम राना निर्वाचित हुनुभएको छ भने निर्वाचन क्षेत्र सदस्यहरूमा क्षेत्र नंम्वर १ बाट नारायण न्यौपाने र क्षेत्र नंम्वर २ बाट गणेश बस्याल चयन हुनुभएको छ।
जिल्ला अधिवेशनले जिल्लाका रणनीतिक निर्वाचन क्षेत्रहरूमा समेत नयाँ नेतृत्व चयन गर्दै संगठनलाई गतिशील बनाएको छ। जसअन्तर्गत निर्वाचन क्षेत्र नंम्वर १ को उपसंयोजक (क) मा कृष्ण प्रसाद पराजुली, उपसंयोजक (ख) मा मोहनीलाल बस्याल, सचिवमा सृजना पाण्डे र महिला सदस्यमा लक्ष्मी बौडेल चयन हुनुभएको छ। त्यस्तै निर्वाचन क्षेत्र नंम्वर २ को उपसंयोजक (क) मा रुकमात बस्याल, उपसंयोजक (ख) मा शारदा केसी (रायमाझी) र सचिवमा रवी मोहन श्रेष्ठ निर्वाचित हुनुभएको छ।























