Palpa Dainik
आइतबार, कार्तिक ०९, २०८३  |  October 25, 2026
×

पाल्पा-सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तानसेन नगरपालिका–८, भालेबासमा फोर्स गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्।

बुटवलबाट तानसेनतर्फ जाँदै गरेको भे १ ज ९७६ नम्बरको फोर्स गाडी अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनालगत्तै घाइतेहरूलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज, प्रभास पाल्पा पठाइएकोमा उपचारका क्रममा पूर्वखोला गाउँपालिका–४ निवासी ६३ वर्षीया अनसरा खाम्चाको मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका अन्य पाँचै जनाको सोही अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था मध्यम रहेको छ। घाइते हुनेहरूमा पूर्वखोला गाउँपालिका–१ बस्ने २९ वर्षीय चालक नरबहादुर राना र सोही ठाउँका ५० वर्षीय कृष्णबहादुर राजमगर रहेका छन्।

त्यस्तै, पूर्वखोला गाउँपालिका–४ घर भई हाल तानसेन–४ भगवतीटोल बस्ने २८ वर्षीया मनकुमारी (मेनुका) सारु, उहाँकी ७ वर्षीया छोरी साहिरस सारु र मृतक खाम्चाकी ५ वर्षीया नातिनी सायरा खाम्चा पनि घाइते भएका छन्।

सम्बन्धित समाचार