Palpa Dainik
आइतबार, कार्तिक ०९, २०८३  |  October 25, 2026
×

पाल्पा-पाल्पाको रैनादेवी छहरा गाउँपालिका-३ भुवनपोखरीस्थित विभिन्न विद्यालय क्षेत्र वरपर सुर्तीजन्य पदार्थ तथा मद्यपान (मदिरा) बिक्री–वितरण नगर्न वडा कार्यालयले कडा निर्देशन दिएको छ।

​रैनादेवी माध्यमिक विद्यालय लगायतका विद्यालयका विद्यार्थी तथा बालबालिकाहरूलाई लक्षित गरी विद्यालय नजिकका र वडा भित्रका पसलहरूबाट धुम्रपान तथा मद्यपान बिक्री-वितरण भइरहेको लिखित तथा मौखिक जानकारी आएपछि वडा कार्यालयले यो सूचना जारी गरेको हो।

​वडा अध्यक्ष प्रदिप पौडेलद्वारा हस्ताक्षरित सूचनामा बालबालिकाको स्वास्थ्यमा गम्भीर खेलवाड गर्ने तथा गैरकानूनी रूपमा हुने यस्ता कार्यहरू तुरुन्त बन्द गर्न व्यवसायी तथा सर्वसाधारणलाई सचेत गराइएको छ। ​यदि सूचनाको बेवास्ता गरी गैरकानूनी कार्य जारी राखेको पाइएमा कानून बमोजिम कडा कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी समेत वडा कार्यालयले दिएको छ।

सम्बन्धित समाचार