Palpa Dainik
बिहिबार, जेठ १४, २०८३  |  May 28, 2026
×

जेठ २२ रामेछाप।पछिल्लो समय सुनापति गाउँपालिका वडा नं. ३ मा  कोरोनाभाइरस कोभिड-१९ को दोस्रो लहर ‘हटस्पट’ बनिरहेको भेला वडाध्यक्ष बिरामीको स्वास्थ्य लाभको कामना गर्दै बिरामी भेट्न घर घरमा र अस्पताल पुगेका छन्  । 

सुनापति गाउँपालिका  वडा नं. – ३ का अध्यक्ष बाबुराम तामाङले कोरोनाभाइरस कोभिड-१९ को सङ्क्रमित भई कोभिड अस्पतालमा बसेका बिरामीको स्वास्थ्य अवस्था बुझ्न कोभिड अस्पताल बेथान पुगेका छन् । 

केही दिनअघि पिसिआर र एन्टिजेन विधिबाट परीक्षण गरी होम आइसोलेशनमा बसेका दुई जना वडा बासीको स्वास्थ्य अवस्था सुधार नआएपछि कोभिड अस्पतालमा भर्ना गरिएको बिरामीको स्वास्थ्य अवस्था बुझ्दै बिरामीलाई उच्च मनोबलका साथ सामना गर्न हौसला प्रदान गरेका छन् । 

वडा अध्यक्ष तामाङ्गले सुनापति न्युजसँग भने, आफ्नो वडाबासीलाई जोगाउन स्वास्थ्यकर्मी सहित जनताको घर दैलोमा पुगेका छन्, वडाले अस्पतालसम्म पुर्याउन एम्बुलेन्स, आइसोलेशन बेड, तयारी अवस्थामा राखेको र हिलेदेवी बासीलाई यो विषम परिस्थितिमा स्वास्थ्य सामग्रीसहित औषधिमा केही पनि कमी हुन नदिने बताउँदै चौबिसे घण्टा जनताकै सेवामा रहने बताउनुभयो । 

सम्बन्धित समाचार