Palpa Dainik
मंगलबार, कार्तिक ११, २०८३  |  October 27, 2026
×

पदम गैरे,पाल्पा मुक्तिनाथ विकास बैंकले प्रदान गर्ने उत्कृष्ट कृषि पत्रकारिता पुरस्कारबाट पाल्पाली क्रियाशिल पत्रकार माधव अर्याल छनोट हुनुभएको छ ।
बैंकले कृषि क्षेत्रसँग सम्बन्धित अनुसन्धनात्मक लेख, रचना तथा खोजमूलक श्रव्य दृष्य समाचार प्रकाशित गरी पत्रकारितामार्फत व्यवसायिक कृषि उद्यमशीलता विकासमा टेवा र्पुयाएको भन्दै अर्याललाई उक्त पत्रकारिता पुरस्कारका लागि छनोट गरेको हो ।

उक्त पुरस्कारका लागि अर्यालसहित तिन जना छनोट हुनुभएको छ । उत्कृष्ठ पुरस्कार दिन बैंकले आवेदन माग गरेको थियो । प्राप्त आवेदन मध्येबाट पाल्पाका अर्याल पनि छनोट हुन सफल भएका हुअनुभएको हो ।अर्यालले १५ हजार रुपैयाँ नगद सहित प्रशंसापत्र प्राप्त गर्नुहुनेछ ।

दुई दशक लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल अर्याल कान्तिपुर दैनिकका उपसम्पादक, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष समेत रहनुभएको छ । उहाँले खेलकुद पत्रकार मञ्चबाट उत्कृष्ट पत्रकारिता पुरस्कार, राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार, वातावरण मन्त्रालयबाट प्रदान गर्ने वातावरण पत्रकारिता पुरस्कार, विश्व वन्यजन्तु कोषबाट वातावरण संरक्षण पत्रकारिता पुरस्कार, जागरण राष्ट्रिय पुरस्कार, शिक्षा पत्रकार समूहका साथै नेपाल पत्रकार महासंघ पाल्पाबाट उत्कृष्ट पत्रकारिता पुरस्कार प्राप्त गरिसक्नुभएको् छ ।

सम्बन्धित समाचार