पाल्पा-पाल्पाको बगनासकाली गाउँपालिका–८, देउरालीमा बोलेरो जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। दुर्घटनामा जीप चालक कुशल न्यौपाने र कवाडी व्यवसायी घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि पाल्पा मिसन अस्पताल लगिएको छ। हाल उनीहरूको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ।
आज बिहान लु १ च ५३७२ नम्बरको बोलेरो जीप कवाडी सामान बोकेर देउराली हुँदै तानसेनतर्फ गइरहेको बेला मोती गैरा भन्ने स्थानमा सडकबाट ५० मिटर तल खसेको हो। बोलेरो जीपको ब्रेक फेल भएपछि दुर्घटना भएको बताइएको छ। अस्थायी प्रहरी चौकी गाप्तुङका असई रेशम थापाले दुर्घटनाको थप अनुसन्धान भइरहेको बताए।























