पाल्पा-पाल्पामा बुधबार बिहान भएको एक दर्दनाक दुर्घटनामा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार, रुपन्देहीको देवदह नगरपालिका–२ निवासी ३१ वर्षीय सुनिल गुरुङको ज्यान गएको हो।
माथागढी गाउँपालिका–७, रहबासबाट रुपन्देहीको देवदह खैरेनीतर्फ चुनढुङ्गा लिएर जाँदै गरेको लु २ ख ५९६५ नम्बरको टिपर माथागढी–५, सुर्काबासस्थित भित्री सडकमा दुर्घटनाग्रस्त भएको हो।
टिपर सडकबाट करिब २०० मिटर तल खसेको बताइएको छ। घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए। दुर्घटनाको कारण अझै स्पष्ट नभए पनि प्रारम्भिक अनुमानअनुसार सडकको भौगोलिक अवस्था वा प्राविधिक गडबडीले दुर्घटना हुनसक्ने बताइएको छ।
























