Palpa Dainik
बिहिबार, जेठ १४, २०८३  |  May 28, 2026
×

पाल्पा-पाल्पामा बाँदरले अन्नवालीमा नोक्सानी गर्न थालेपछि यहाँका किसानहरु हैरानी भोगेका छन् । वर्षभरि खाने अन्नवाली दुख गरेर उत्पादन गरेपनि जोगाउन मुश्किल भएपछि किसान चिन्तित बनेका छन् । कतिपय किसानले बाँदरबाट अन्नवाली जोगाउन नसकेपछि खेतबारी नै खन्नजोत गर्न छाडेका छन् । यो समस्या अहिले देशभरका किसानले भोग्न बाध्य भएका छन् ।

पाल्पा रिब्दीकोट गाउँपालिका हार्थोककी मनकुमारी रसालीले खेतबारीमा लगाएको अन्नवाली बाँदरबाट जोगाउन नसकेपछि हातमा गूलेली बोकेर हिडडुल गर्छिन । कतिबेला बादर कतातिर खेतबारीमा पस्ने हो ।

बाँदरले अन्नवाली तथा फलफूलहरु समेत नोक्सानी गर्छ । त्यो थाहा हुँदैन, त्यसैले हातमा गुलेली जति बेला पनि हुन्छ । बाँदर आउनेवित्तिकै हान्ने गर्छन । अन्नवाली जोगाउन प्रयास भने किसानहरुको विफल भएको रसालीको भनाई छ ।

बाँदरको हैरानी भोग्ने रसाली मात्र एक्ली होइन् । पाल्पाका अधिकाँश स्थानीय तहमा बाँदरका समस्याका कारण अन्नवाली जोगाउन धौ धौ भएको गुनासो स्थानीय सीता परियारको पनि छ । किसानहरुले अन्नवाली उत्पादन गरेपनि स्याहार्न नपाएकाको पीडा कम छैन । बाँदर नियन्त्रण गर्न किसानहरुले जोडबलका साथ कुरा उठाएपनि सरकारले कुनै अभियान सञ्चालन गरेको पाइदैन । किसानको एकल प्रयासले मात्र बाँदर नियन्त्रण गर्न गाह्रो भएको परियारको तर्क छ ।

सरकारले बाँदर नियन्त्रणका लागि ठोस कदम नचालेकाले अन्नवाली उत्पादन गरी जिवीकोर्पाजन गर्ने किसानहरु झनै गरीब बन्ने देखिएको राधा सुनारको भनाई छ । बाँदर नियन्त्रण किसान, स्थानीय सरकार तथा प्रदेश सरकारको प्रयासले मात्र सम्भव छैन । यो त संघीय सरकारले बाँदर नियन्त्रण गर्न नीतिगत सुधार गर्न जरुरी रहेको विज्ञको सुझाव छ ।

सम्बन्धित समाचार