Palpa Dainik
सोमबार, भाद्र २९, २०८३  |  September 14, 2026
×

पाल्पा-ऐतिहासिक तथा प्रमुख पर्यटकीय गन्तव्य रानीमहलमा लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीको समन्वय बैठक माघ ३० गते बस्ने भएको छ। बैठकलाई सफल बनाउन आवश्यक तयारी तीव्र रुपमा अगाडि बढाइएको प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जानकारी दिए ।

समन्वय बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयसहित दुवै प्रदेशका मन्त्री, मुख्य सचिव, सचिव तथा अन्य उच्च पदाधिकारीहरूको उपस्थिति रहनेछ। बैठकमा विकासका साझा सवालहरूको पहिचान, सिर्दाथ राजमार्गको स्तरोन्नति, कालीगण्डकी करिडोरको उपयोग, प्रदेशहरूको कर प्रणाली, राजस्व, रोयल्टी व्यवस्थापन तथा पर्यटन प्रवर्द्धनका विषयमा आवश्यक निर्णय लिने तयारी गरिएको छ।

लुम्बिनी प्रदेश मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार रामबहादुर राउतका अनुसार नेपालको संविधानको धारा २३३ को व्यवस्था अनुसार अन्तरप्रदेश सम्वन्ध विस्तारका लागि समन्वय बैठकलाई प्राथमिकतामा राखेर काम भइरहेको छ।

 

सम्बन्धित समाचार