पाल्पा- रामपुर नगरपालिका–६, तालपोखरा स्थित रामपुर फर्निचर उद्योग परिसरभित्र बिना अनुमति ओसारपसार तथा संकलन गरी राखिएको साल जातका काठ बरामद गरिएको छ।
रामपुर सव-डिभिजन वन कार्यालय, रामपुरका अनुसार उक्त उद्योग परिसरबाट साल जातका ७० थान गोलीया र १८ थान चिरान काठ फेला परेको हो। अवैध रूपमा संकलित यी काठलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न रामपुर सव-डिभिजन वन कार्यालयमा बुझाइएको छ।
वन पैदावारको अवैध संकलन, ओसारपसार तथा प्रयोगलाई नियन्त्रण गर्न सम्बन्धित निकायले निगरानी बढाएको बताइएको छ। स्थानीय प्रशासनले यस विषयमा थप अनुसन्धान अघि बढाउने जनाएको छ।
























