पाल्पा -पाल्पाको बगनासकाली गा.पा. ४ मलेङ स्थित भालेबासमा लु १ ज १७२४ नम्बरको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
जिल्ला स्याङ्जा कालिगण्डकी गा.पा. १ बस्ने बर्ष अन्दाजी १७/१८ की एलीसा सारुको घटना स्थलमै मृत्यु भएको हो ।
जिपमा सवार जिल्ला पाल्पा बगनासकाली गा.पा. ४ भालेवास बस्ने बर्ष अन्दाजी ३५÷३६ की निता दर्लामी गम्भीर घाईते भएकीछिन् ।
उनलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाएको हो । दूर्घटनामा ५ जनाको घाइते भएपछि अवस्थामा सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्ल बताए ।























