पाल्पा – लायन्स क्लब अफ पाल्पा माडीको पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। माथागढी गाउँपालिका–१, चिदीपानीका वडा अध्यक्ष राजकुमार पन्थीको नेतृत्वमा सन् २०२५ का लागि नयाँ कार्यसमिति गठन भएको हो।
एक विशेष कार्यक्रमका बीच पदहस्तान्तरण भएको हो। उक्त कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तथा पालिका अध्यक्ष यमबहादुर चिदी प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
अध्यक्षमा निर्वाचित पन्थी युवा तथा माथागढी क्षेत्रका जनतामाझ लोकप्रिय मानिन्छन्। उनी विकासप्रेमी र क्रान्तिकारी नेताका रूपमा समेत परिचित छन्।
























