Palpa Dainik
सोमबार, जेठ ११, २०८३  |  May 25, 2026
×

पाल्पा-२०८२ सालको वैशाख २२ र २४ गते भएको जेनजी आन्दोलनको मौका छोपी काठमाडौँस्थित कारगार कार्यालय जगन्नाथदेवलबाट भागेका एक बन्दीलाई प्रहरीले पाल्पाबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बैंकिङ कसुर मुद्दामा बन्दी रहेका पाल्पा, पूर्वखोला गाउँपालिका वडा नं. ३ बस्ने वर्ष ३५ का रुद्र प्रसाद न्यौपाने रहेका छन्।

प्रहरीको निरन्तर निगरानी तथा गोप्य सूचनाको आधारमा न्यौपानेलाई २०८२ साल असोज १६ गते दिउँसो अन्दाजी १ः०० बजेको समयमा नियन्त्रणमा लिइएको हो। प्रहरी प्रहरी टोलीले निजलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारेको थियो।

पक्राउपछि न्यौपानेलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि कारगार कार्यालय पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सम्बन्धित समाचार