Palpa Dainik
शनिबार, जेठ ०९, २०८३  |  May 23, 2026
×

पाल्पा – लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुको गृहजिल्ला पाल्पामा अझै पनि कुष्ठरोग निवारण चुनौतीपूर्ण देखिएको छ। सरकारले कुष्ठरोग अन्त्य गर्ने लक्ष्य राखे पनि मन्त्रीकै जिल्लामा स्वास्थ्य कार्यालयको पहल प्रभावकारी नहुँदा निवारण अभियान सुस्त देखिएको हो।

आइतबार ७३ औं कुष्ठरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय पाल्पाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जिल्लाको वर्तमान अवस्था सार्वजनिक गरिएको छ। जसअनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को पुस मसान्तसम्म जिल्लामा १७ जना कुष्ठरोगीहरू उपचाररत छन्। जसमा १० जना पुरुष र ७ जना महिला रहेका छन्।

कहाँ कति बिरामी ?

पछिल्लो ६ महिनामा मात्रै जिल्लामा ७ जना नयाँ बिरामी थपिएका छन्। स्थानीय तहगत विवरण निम्नुअनुसार छ:

स्थानीय तह बिरामी संख्या
रामपुर नगरपालिका
निस्दी गाउँपालिका
पूर्वखोला गाउँपालिका
बगनासकाली गाउँपालिका
तिनाउ गाउँपालिका
तानसेन, रिब्दीकोट, रैनादेवी, माथागढी (उपचाररत अन्य) १०

स्वास्थ्य कार्यालयको फितलो पहल

जिल्लामा कुष्ठरोगीको संख्या स्थिर देखिनु र नयाँ बिरामी थपिइरहनुले स्वास्थ्य कार्यालयको सक्रियतामाथि प्रश्न उठाएको छ। लुम्बिनी प्रदेशकै स्वास्थ्य मन्त्रालयको नेतृत्व गर्ने मन्त्रीको जिल्ला भएर पनि यहाँ कुष्ठरोग निवारणका लागि ठोस र प्रभावकारी कार्यक्रम अगाडि बढ्न सकेको छैन।

यद्यपि, स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुक प्रसाद पोखरेलले भने पाल्पा अहिले निवारणको चरणमा रहेको दाबी गर्छन्। उनले भने, “जिल्लामा कुष्ठरोग पूर्ण रूपमा अन्त्य भइसकेको छैन, तर यो विकराल समस्याका रूपमा पनि छैन।”

लुकाउने प्रवृत्ति अझै कायम

नेपाललाई सन् २०१० मा नै कुष्ठरोग निवारण भएको घोषणा गरिए पनि ग्रामीण भेगमा अझै यो रोग लुकाउने प्रचलन छ। स्वास्थ्य कार्यालयका अनुसार सामाजिक विभेदका कारण बिरामीहरू खुल्न नसक्दा रोगको फैलावट रोक्न गाह्रो भएको हो।

हाल पहिचान भएका बिरामीहरूको जिल्ला अस्पताल पाल्पा, रामपुर अस्पताल र विभिन्न स्वास्थ्य संस्थाहरूमा निःशुल्क उपचार भइरहेको छ। तर, समयमै नयाँ बिरामी खोज्ने (Case Finding) कार्यमा भने स्वास्थ्य संयन्त्र चुस्त देखिन सकेको छैन।

सम्बन्धित समाचार