Palpa Dainik
बिहिबार, जेठ १४, २०८३  |  May 28, 2026
×

पाल्पा-नेपालमा पश्चिमी निम्न चापीय प्रणाली सक्रिय भएसँगै देशका पश्चिमी र मध्य भूभागमा मौसममा उल्लेख्य बदलाव आउने भएको छ । मौसमविद्हरूका अनुसार आज दिउँसोदेखि सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुने देखिएको छ भने तराईका भूभागमा हल्का वर्षाको सम्भावना छ । विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्न सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ ।

मौसमविद् सन्जिव अधिकारीका अनुसार यो प्रणालीको प्रभावले सुदूरपश्चिमदेखि गण्डकी प्रदेशसम्मका उच्च पहाडी र हिमाली भेगमा मध्यम खालको हिमपात हुनेछ । ूएक–दुई ठाउँमा त भारी हिमपात पनि हुन सक्ने सम्भावना छ,ू उनले बताए । यसैगरी, बागमती र कोशी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा भने हल्का हिमपातको अनुमान गरिएको छ ।

सम्बन्धित समाचार