Palpa Dainik
शुक्रबार, साउन १५, २०८३  |  July 31, 2026
×

पाल्पा-प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १, पाल्पाको सर्वदलिय तथा सर्वपक्षिय छलफल मंगलबार रामपुरमा सम्पन्न भएको छ । प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि अन्तरक्रिया भएको हो ।

कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकाय प्रमुख, क्षेत्र नं. १ का प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार, राजनैतिक दलका प्रतिनिधि तथा अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले निर्वाचनको तयारीका लागि रामपुर नगरपालिका सधैं प्रतिबद्ध रहेको बताउँदै आवश्यक सहयोगका लागि तयार रहेको बताउनुभयो । निर्वाचन पूर्ण रुपमा सफल बनाउनु सबैको दायित्व रहेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्य कुँवरले बोल्दै निर्बाचन आचार संहिता सबैले पालन गर्नु पर्ने बताउँदै निर्वाचन स्वच्छ, भयरहित र पारदर्शी रुपमा सम्पन्न गर्न सबै सरोकारवालाको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले सामाजिक सञ्जालमा अरुको चरित्र हत्या गर्ने नहुने भन्दै सबैले आचारसंहिता पालना गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी महेश शर्माले राजनैतिक दल, उम्मेदवार, भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणको बारेमा प्रस्तुति राख्नु भएको थियो ।  बैठकमा निर्बाचन आयोगको पत्र पढेर सुनाउदै निर्बाचन आचारसंहिताको बारेमा महेश शर्माले जानकारी गराउनु भएको थियो ।

सम्बन्धित समाचार