Palpa Dainik
मंगलबार, भाद्र ३०, २०८३  |  September 15, 2026
×

पाल्पा-पाल्पाका सबै स्थानीय तहमा १० वर्षदेखि १४ वर्षसम्मका बालिकाहरूलाई लक्षित गरी पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘एचपीभी’ खोप अभियान आज देखि सुरु भएको छ। तानसेनस्थित देववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले अभियानको औपचारिक शुभारम्भ गर्नुभयो।

जिल्लाका १० वटै स्थानीय तहका कक्षा ६ देखि १० सम्म अध्ययनरत र विद्यालय बाहिर रहेका तोकिएको उमेर समूहका बालिकाहरूलाई समेट्ने गरी स्वास्थ्य कार्यालयले खोप तालिका सार्वजनिक गरेको छ। स्वास्थ्य कार्यालय पाल्पाले यो खोप पूर्ण रूपमा सुरक्षित र प्रभावकारी रहेकाले ढुक्क भएर आफ्ना छोरीहरूलाई नजिकैको खोप केन्द्रमा लगी खोप लगाउन सम्पूर्ण अभिभावकहरूलाई अनुरोध समेत गरेको छ।

सम्बन्धित समाचार