Palpa Dainik
मंगलबार, चैत्र १७, २०८२  |  March 31, 2026
×

 पाल्पा – रिब्दीकोट गाउँपालिका वडा नं. ४ स्थित शिलान्थोक, ढाक्रेबास, मस्याम हुँदै डुम्रे जोड्ने पक्की सडकको  शिलान्यास गरिएको छ। गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले उक्त सडक खण्डको औपचारिक रूपमा शिलान्यास गर्नुभएको हो।

सडक शिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी, वडा नं. ४ का वडा अध्यक्ष सोम बहादुर कार्की, वडाका अन्य जनप्रतिनिधिहरू, गाउँपालिका इन्जिनियर पुरन कार्की, निर्माण व्यवसायी तथा स्थानीय बासिन्दाहरूको ठुलो संख्यामा उपस्थिति रहेको थियो। यो सडक निर्माण भएपछि यस क्षेत्रका नागरिकलाई यातायातमा ठुलो सहजता पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्की, उपाध्यक्ष कान्ता अधिकारी र वडा अध्यक्ष सोम बहादुर कार्कीले गुणस्तरीय सडक निर्माणमा जोड दिनुभएको छ। उहाँहरूले निर्माण व्यवसायीलाई वडा र पालिकाको तर्फबाट आवश्यक सबै सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्दै निर्धारित समयभित्रै गुणस्तरीय काम सम्पन्न गर्न कडा निर्देशन समेत दिनुभएको छ। स्थानीय बासिन्दाहरूले सडक पक्की हुने भएपछि खुसी व्यक्त गर्दै निर्माण कार्यमा आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बताएका छन्।

सम्बन्धित समाचार