काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीअन्तर्गत निर्वाचित गराउन ९ जना उम्मेदवारको नामावली निर्वाचन आयोगमा पेस गरेको छ ।
पार्टीले खस आर्य महिलातर्फ बलावती शर्मा र पुरुषतर्फ प्रमेश हमालको नाम पठाएको छ । खस आर्यकै अपाङ्गता भएका पुरुषतर्फ प्रेम बयकलाई सिफारिस गरिएको छ ।
त्यस्तै आदिवासी जनजाति महिलातर्फ भीमकुमारी बुढा र पुरुषतर्फ परशुराम तामाङको नाम पठाइएको छ । दलित महिलातर्फ पार्वती विक र पुरुषतर्फ गणेश विश्वकर्मालाई समावेश गरिएको छ ।
यस्तै मधेसी समुदायतर्फ जोगकुमार बर्बरिया यादव तथा थारु समुदायतर्फ निराशा चौधरीको नाम पनि आयोगमा पेस गरिएको पार्टीले जनाएको छ ।
समानुपातिकतर्फको ११० सिटमा नेकपाले ९ सिटमा जित हासिल गरेको थियो । यस अघि निर्वाचनमा आयोगमा पेस गरेको बन्द सूची भित्र हरेक कलस्टरको पहिलो नम्बरमा रहेका महिला र पुरुषको नाम पठाएको हो ।























