Palpa Dainik
सोमबार, जेठ ११, २०८३  |  May 25, 2026
×

पाल्पा-पाल्पाको तानसेन नगरपालिका क्षेत्रमा पार्किङ गरी राखिएको ट्र्याक्टर चोरीको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार तानसेन नगरपालिका–७ काजीपौवास्थित वर्तुङ–तानसेन सडक खण्डको छेउमा पार्किङ गरेर राखिएको लु ५ त ११६६ नम्बरको  निलो रंगको ट्र्याक्टर हराएको भनी ट्र्याक्टर धनी तानसेन–७ निवासी ४८ वर्षीय सन्तोष थिङले उजुरी दिएका थिए। सोही उजुरीका आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो।

निरन्तर खोजतलास तथा विशेष सूचनाको आधारमा प्रहरीले ट्र्याक्टर चोरीमा संलग्न रहेको आशंकामा स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका–२ निवासी ३४ वर्षीय सन्तोष परियारलाई पक्राउ गरेको जनाएको छ। उनलाई तानसेन नगरपालिका–१४ पाल्पा–गुल्मी सिमाना क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका परियारमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार