Palpa Dainik
सोमबार, जेठ ११, २०८३  |  May 25, 2026
×

पाल्पा- रैनादेवी छहरा गाउँपालिकाले सडक, सडक किनार र सार्वजनिक स्थानहरूमा निर्माण सामग्री लगायतका व्यक्तिगत सामान राखेर आवागमनमा अवरोध पुर्याउनेहरूलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।
गाउँपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै सडक किनारमा अव्यवस्थित रूपमा राखिएका सामग्रीका कारण सवारी साधन तथा पैदल यात्रीहरूको आवागमनमा गम्भीर बाधा पुगेको भन्दै यस्तो कडा निर्देशन दिएको हो।
स्थानीय नागरिकहरूबाट आवागमनमा समस्या भएको भन्दै व्यापक जनगुनासो प्राप्त भएपछि पालिकाले यो कदम चालेको हो।
सूचनामा सडक र सार्वजनिक स्थलमा असर पर्ने गरी कुनै पनि प्रकारका सामग्री नराख्न सबैमा अनुरोध गरिएको छ भने उक्त सूचनाको अटेरी गरी सार्वजनिक स्थान अतिक्रमण गर्नेलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने व्यहोरा उल्लेख छ।
प्रमुख प्रशासकीय अधिकृत विवेक रणपाल परियारद्वारा वैशाख २४ गते जारी गरिएको यस निर्देशनले गाउँपालिकाभित्रको यातायात व्यवस्थापनलाई सहज बनाउनुका साथै सार्वजनिक स्थलको सदुपयोगमा सुधार आउने अपेक्षा गरिएको छ।
सम्बन्धित समाचार