रामपुर-रामपुर नगरपालिकालाई यही २०८३ साल मंसिर ५ गते भित्र बालमैत्री स्थानीय शासन घोषणाका लागि तयारीलाई तिव्रता दिंदै आएको छ । बालमैत्री स्थानीय साशन घोषणा गर्नका लागि विभिन्न सुचकमा रहेर कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
नगरपालिकाले बालविवाह रोकथाम र न्यूनीकरणका लागि विभिन्न सचेतनात्मक कार्यक्रम अन्तर्गत बालविवाह तथा महिला हिंसा न्यूनीकरण सम्बन्धी डकुमेन्ट्री चलचित्र जुना प्रदर्शन तथा अन्तरक्रिया सम्पन्न गरेको छ । नगरपालिकाले सबै वडाका विद्यार्थीहरुलाई समेटेर विद्यालयहरुमा यो कार्यक्रम सम्पन्न गरेको हो । गत बैशाख २१ गते वडा नं.१० बाट शुरु गरेको डकुमेन्ट्री प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रम शुक्रवार वडा नं. ७ मा सम्पन्न गरे संगै सकिएको हो ।
बाल विववाह रोकथाम तथा महिला हिंसा रोकथामका लागि सचेतनामूलक डकुमेन्ट्री प्रदशर्न गरेको हो । कार्यक्रमको समापन गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले बाल विवाह रोकथामका लागि विद्यार्थीहरु नै पहिलो माध्यम भएको बताउनुभयो । उहाँले समाजमा हुने विभिन्न हिंसा संगै बाल विवाह रोकथाम गर्न विद्यार्थीहरुलाई अग्रसर भएर लाग्न आग्रह समेत गर्नुभयो । नगरपालिकालाई आगामि मंसिर ५ गते भित्र बालमैत्री स्थानीय साशन घोषणा गर्ने अभियानमा सहयोग गर्न आग्रह गर्नुभयो ।साथै डकुमेन्ट्री प्रदर्शनका लागि समन्वय गर्ने नगर बाल सञ्जालका पदाधिकारी र सृष्टी फउण्डेशनलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ७ का अध्यक्ष दोवराज तिवारीले विद्यार्थीहरुको सक्रियता र सहयोगमा मात्रै नगरपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा सम्भव हुने भन्दै पूर्ण सहयोग गर्न आग्रह गर्नुभयो । साथै उहाँले समाजमा बाल विवाह हुने थाहा पाए सम्बन्धित स्थान वा जनप्रतिनिधिलाई जानकारी दिनु पर्ने बताउनुभयो । रामपुर नगरपालिका वडा नं. ७ का अध्यक्ष दोवराज तिवारीको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रमको सञ्चालन नगर बाल सञ्जालका अध्यक्ष सारदा प्रसाद श्रेष्ठले गर्नु भएको थियो ।आधारभूत माध्यमिक विद्यालयको सभाहलमा भएको कार्यक्रम समापनका अवसरमा बाल सञ्जालका पदाधिकारी र सृष्टी फाउण्डेशनका पदाधिकारीहरुलाई सम्मान गरेको थियो ।























