Palpa Dainik
मंगलबार, साउन १२, २०८३  |  July 28, 2026
×

पाल्पा-तानसेन नगरपालिकाको आयोजना तथा स्थानीय सरकार सबलीकरण, अस्ट्रेलियन एडको प्राविधिक र सीडीडब्लुएनको सहकार्यमा निर्वाचित महिला प्रतिनिधिहरुको अर्थपूर्ण सहभागिताका लागि वडा अध्यक्ष र वडा सचिवको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम तानसेनमा बिहीबार सम्पन्न भएको छ ।

स्थानीय सरकारको कामलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ निर्वाचित महिला प्रतिनिधिहरुको अर्थपुर्ण सहभागिता बढाउन अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले यस्ता खालका कार्यक्रमले आर्थिक वर्ष २०८३र०८४ बजेट निर्माण प्रक्रियामा तानसेन नगरपालिकालाई सहयोग पुग्ने बताउनुभयो । उहाँले मानिसहरु एकले अर्कालाई हेर्ने दृष्टिकोणमा सुधार आउने विश्वास व्यक्त गर्नुभयो ।

पहिला समाजमा जातजातिका आधारमा महिला पुरुषका आधारमा महिलाहरुलाई भेदभाव गर्ने र सहभागितामा निशेध गर्ने चलन रहेको थियो । अहिले सहभागिता गराउनुपर्छ भन्ने सोच बदलिएकोले सहभागिता बढीरहेको उहाँले बताउनुभयो ।

सीडीडब्लुएनका कार्यकारी निर्देशक तेजेन्द्र लामाले स्थानीय तहको काम प्रभावकारी बनाउनका लागि स्थानीय तहमा निर्वाचित महिला प्रतिनिधिहरुलाई अर्थपुर्ण सहभागिता बढाउन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव गोपीनाथ मैनालीले सहजीकरण गर्नुभएको थियो । स्थानीय शासनमा महिलाहरुको भूमिका प्रभावकारिताका क्षेत्र ः भएको व्यवस्था र अपेक्षित अवस्था, स्थानीय सरकारको निर्णय निर्माणमा महिला तथा दलित महिलाको पहूच र अपेक्षित क्षमता विस्तार भूमिकागत सवालहरु निर्वाचित महिला र दलितहरुको सशक्तीकरणलाई संस्थागत गराउने कार्ययोजना निर्माण प्रक्रिया सम्वन्धी विषयहरुमा सहजकर्ताले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रम तानसेन नगरपालिकाकी उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले अध्यक्षतामा र अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन भने सीडीडब्लुएनका प्रतिनिधि एवं पत्रकार कृष्ण दर्नालले गर्नुभएको थियो । कार्यक्रममा तानसेन नगरपालिकाभित्रका वडाध्यक्ष र वडा सचिव, निर्वाचित महिलाहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार