Palpa Dainik
शनिबार, भाद्र २७, २०८३  |  September 12, 2026
×

पाल्पा-गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको श्रावण कृष्ण औँसी (पोखरी औँसी) का अवसरमा एक दिन स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गाउँपालिकाका अनुसार साउन २७ गते बुधबार गाउँ कार्यपालिकाको कार्यालय तथा मातहतका सम्पूर्ण कार्यालय, स्वास्थ्य, संस्था, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था र अन्य संघ–संस्थामा सार्वजनिक बिदा दिने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले जानकारी दिनुभयो ।

रुरुक्षेत्र गाउँपालिकाको पवित्र श्रृङ्गेश्वर तपोभूमि धाम क्षेत्रमा श्रावण कृष्ण औँसीका दिन परापूर्वकालदेखिनै पोखरी स्नान, भजनकीर्तन लगायत विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधि हुँदै आएका छन् । यस दिन उक्त क्षेत्रमा ठुलो धार्मिक मेला समेत लाग्ने गर्दछ । धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यस पर्वलाई थप व्यवस्थित गर्दै रुरु क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्व उजागर र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताउनुभयो ।

सम्बन्धित समाचार