Palpa Dainik
शुक्रबार, साउन १५, २०८३  |  July 31, 2026
×

पाल्पा-पाल्पाका दुई प्रमुख आँखा अस्पताल, तानसेनस्थित लायन्स लाकाैल आँखा अस्पताल र रामपुरस्थित कालीगण्डकी आँखा अस्पतालबाट स्वास्थ्य बीमाका बीमितहरूले अब सिधै सेवा पाउन सक्ने छैनन्। साउन १ गतेदेखि लागू हुने गरी, बीमितहरूले यी अस्पतालहरूमा आँखा उपचार सम्बन्धी सेवा लिनका लागि रिफर अनिवार्य लिनुपर्ने भएको छ।

स्वास्थ्य बीमा बोर्डले पाल्पा अस्पताल, रामपुर अस्पताल, ताहुँ स्वास्थ्य केन्द्र र खस्याैली स्वास्थ्य केन्द्रलाई प्रथम सेवा बिन्दुका रूपमा सूचीकृत गरेको थियो। बोर्डले पछिल्लो पटक पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभास, लायन्स लाकाैल आँखा अस्पतालकालीगण्डकी आँखा अस्पताललाई प्रेसण बिन्दु (Referral Point) का रूपमा सूचीकृत गरेको छ।

बोर्डको नयाँ व्यवस्था अनुसार, बीमा गरेका बीमितहरूले प्रथम सेवा बिन्दुहरूबाट मात्रै सेवा लिनुपर्नेछ। यदि ती प्रथम सेवा बिन्दुहरूमा उपचार सम्भव नभएमा मात्र उनीहरूले प्रेरण बिन्दुमा सेवा लिन पाउनेछन्। यो परिवर्तनले स्वास्थ्य बीमाका बीमितहरूलाई आँखा उपचारका लागि पहिले प्रथम सेवा बिन्दुमा जानुपर्ने र त्यहाँबाट रिफर पाएपछि मात्र यी आँखा अस्पतालहरूमा जानुपर्ने व्यवस्था गरेको छ।

सम्बन्धित समाचार