Palpa Dainik
आइतबार, कार्तिक ०९, २०८३  |  October 25, 2026
×

मंसिर ६ काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । सुदूरपश्चिम र कर्णालीको पहाडी भूभागमा आंशिक बदली रहेको छ । 

दिउँसो प्रदेश १ लगायत गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

बुधबार प्रदेश १ र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 

सम्बन्धित समाचार