Palpa Dainik
बिहिबार, जेठ १४, २०८३  |  May 28, 2026
×

पाल्पा । तिनाउ गाउँपालिका-२, नुवाकोटबाट बुटवलतर्फ जाँदै गरेको स्कुटर दुर्घटना हुँदा दुई जना युवतीको मृत्यु भएको छ भने एक युवक घाइते भएका छन्।

दुर्घटनामा परी बुटवल–११ कालिकानगरकी १८ वर्षीया पूर्णिमा मगर र कपिलवस्तु वाणगँगा–९ की १९ वर्षीया निशा कुँवरको ज्यान गएको हो।

मंगलबार साँझ करिब पौने ७ बजेको समयमा लु ३५ प ५७६६ नम्बरको स्कुटरमा तीन जना सवार रहेका थिए।

तीव्र गतिका कारण अनियन्त्रित भई स्कुटर सडकबाट करिब २५र३० मिटर तल खसेको प्रहरीले जनाएको छ।

घाइते वाणगँगा–९ का २० वर्षीय सुमन श्रेष्ठको लुम्बिनी प्रादेशिक अस्पतालमा थप उपचार भइरहेको छ।

सम्बन्धित समाचार