पूर्वखोला-पूर्वखोला गाउँपालिका वडा नं. ५, वीरकोट स्वास्थ्य चौकीको आयोजनामा एच.पि.भी. खोप सम्बन्धी वडास्तरीय अभिमुखिकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
पाठेघरको मुखको क्यान्सरबाट आफ्ना छोरीहरूलाई सुरक्षित राख्न र खोप अभियानलाई प्रभावकारी बनाउन यो कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा स्थानीय प्रतिनिधि, स्वास्थ्यकर्मी र सरोकारवालाहरूको उत्साहजनक सहभागिता रहेको थियो।





















