Palpa Dainik
मंगलबार, भाद्र ३०, २०८३  |  September 15, 2026
×

रिब्दीकोट –रिब्दीकोट गाउँपालिकाको आयोजनामा छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ। २०७८ फागुन १ गतेदेखि ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिता रिब्दीकोट गाउँपालिका युवा तथा खेलकुद विकास समिति संयोजक झपेन्द्र थापा पचभैया (दिपक) को अध्यक्षतामा सुरु भएको हो।

प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले गर्नुभएको छ। कार्यक्रमका विशेष अतिथि गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत मणि प्रसाद खनाल, गाउँपालिका प्रवक्ता प्रकाश रायमाझी, सम्पूर्ण वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कार्यालयका कर्मचारीहरू, विद्यालयका खेल शिक्षकहरू तथा विद्यार्थी खेलाडीहरूको उपस्थितिमा प्रतियोगिता सुरु भएको हो।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदको प्रवर्द्धन, शारीरिक सक्षमता अभिवृद्धि, तथा स्थानीय प्रतिभा पहिचान गर्न मद्दत गर्ने विश्वास गरिएको छ। नयाँटोला स्थित लक्ष्मी आदर्श विद्यालयको खेलमैदानमा भव्य रूपमा सञ्चालन भइरहेको प्रतियोगितामा गाउँपालिकाभित्रका १४ विद्यालयका विद्यार्थी खेलाडीहरू विभिन्न खेल प्रतिस्पर्धामा सहभागी छन्। उद्घाटन समारोहमा स्काउटका विद्यार्थीहरूले मार्च पास, भने तेक्वान्दो खेलाडीहरूले जीवन रक्षा सम्बन्धी विविध क्रियाकलापहरू प्रस्तुत गरेका छन्।

सम्बन्धित समाचार