पाल्पा-माथागढी गाउँपालिका-६ मा रहेको सातपोखरी माविका पूर्व विद्यार्थी मञ्चको साधारण सभा तथा अधिवेशन बुद्ध पार्क, देवदहमा सम्पन्न भएको छ। कार्यक्रम माथागढी गाउँपालिकाका उपाध्यक्ष विष्णुमाया लुन्छेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
उक्त कार्यक्रममा मञ्चका सल्लाहकारहरू दुर्गा प्रसाद काफ्ले, धु्रब प्रसाद कोइराला, अर्जुन कुमार रेग्मी, तारा प्रसाद काफ्ले तथा कार्यसमितिका पदाधिकारी एवं सदस्यहरू साथै पूर्व विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
भेलाले दीपक भट्टराईको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा उदयराज भट्टराई, महासचिवमा खेम बहादुर घर्ती, कोषाध्यक्षमा दीपक प्रसाद रेग्मी तथा सचिवमा समीक्षा रेग्मी चयन भएका छन्।
त्यसैगरी, सदस्यहरूमा रोशन कुमार, सुरेन्द्र बहादुर ढेंगा, संकल्प काफ्ले, शोमा लामिछाने, हिमाल जर्घा थापा, धकेश्वर भट्टराई, रश्मी काफ्ले र छलिसरा चुहान चयन भएका छन्।
कार्यक्रममा महासचिव खेम बहादुर घर्तीले विद्यालयको अवस्थालाई माथि उठाउन पूर्व विद्यार्थीहरूको सक्रिय भूमिका आवश्यक रहेको बताए। उनले पूर्व विद्यार्थी मञ्चले विद्यालयलाई आर्थिक, भौतिक तथा ज्ञानमूलक सहयोग प्रदान गर्न गठन गरिएको स्पष्ट पारे।
पूर्व विद्यार्थीहरूको सहयोगबाट विद्यालयको शैक्षिक सुधारका साथै भौतिक संरचनाको उन्नयनमा योगदान पुग्ने विश्वास लिइएको छ।























