माथागढी गाउँपालिका वडा नं. ५ को खल्लुकघाटमा झोलुङ्गे पुल बन्ने भएको छ । गाउँपालिकाको वडा नं. ५ हात्तिलुङ्ग झुम्सा खोला लघुजल विद्युत उत्पादन केन्द्र क्षेत्रमा झोलुङ्गे पुल बन्ने भएको हो ।
झोलुङ्गे पुल निर्माण भएपछि दमार, ढाडकुन, सेंवले र हात्तिलुङ्ग, गढवास क्षेत्रका नागरिकलाई आवत जावत गर्न सहज हुने छ । गाउँपालिका अध्यक्ष यम बहादुर चिदी र उपाध्यक्ष विष्णुमाया लुङ्चेले संयूक्त रुपमा पुलको शिलान्यास गर्नुभयो । पुलको सिलान्यास गर्दै गाउँपालिका अध्यक्ष चिदीले झुम्सा खोलाको वारी बाट पारी जानको लागि ठुलो खोला भएका कारण वर्षायाममा स्थानीयलाई खोला तर्न मुस्किल पर्ने र खोलाले नै बगाउने जोखिम रहेको बताउनुभयो । उहाँले यस क्षेत्रका हजारौँ स्थानीयलाई प्रत्यक्ष लाभ मिल्ने विश्वास व्यक्त गर्नुभयो ।























