Palpa Dainik
मंगलबार, जेठ १२, २०८३  |  May 26, 2026
×

पाल्पा – लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका रैनादेवी छहरा गाउँपालिका–३ धारापानी जैसीटोलाका बासिन्दा अब नियमित शुद्ध पानी पाउने भएका छन्। चालू आर्थिक वर्षमा लुम्बिनी प्रदेशको सशर्त बजेटअन्तर्गत १० लाख रुपैयाँको लागतमा निर्माण गरिएको “धारापानी जैसीटोला लिफ्ट खानेपानी योजना” को कार्य सम्पन्न भएको छ।

योजना सम्पन्नपश्चात अनुगमनका लागि स्थलमा पुग्दा प्रदेश सभामुख वसन्त तुलाराम घर्तीले यस योजनामा बजेट विनियोजन गर्न विशेष पहल गरेका थिए। सभामुख घर्तीले गाउँका बासिन्दाको दीर्घकालीन समस्यालाई सम्बोधन गर्न प्रदेश सरकार सधैं तयार रहेको बताए।

योजना सफल बनाउन सहयोग गर्नेमा रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, उपभोक्ता समूह, र प्राविधिकहरूको समेत सक्रिय योगदान रहेको थियो। उपभोक्ता समितिका अनुसार यस योजनाबाट ३५ घरधुरी लाभान्वित भएका छन्। स्थानीय बासिन्दाहरूले अब दैनिक पानीको हाहाकार टरेको भन्दै सबै सहयोगी निकायप्रति आभार प्रकट गरेका छन्।

सम्बन्धित समाचार